• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

३५ वर्ष पुगिन् नम्रता



काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ ३५ वर्ष पुगेकी छन् । उनले आज आइतबार आफ्नो ३५औ जन्मदिन परिवारसँग मनाउने भएकी छन् ।  नेपाली फिल्म क्षेत्रकी हट एण्ड ब्युटि अभिनेत्री श्रेष्ठलाई सहकर्मी, अग्रज, फ्यानलगायतले सामाजिक सञ्जालको माध्यमबाट जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।

‘सानो संसार’ फिल्मबाट अभिनय करिअर सुरु गरेकी नम्रता पछिल्लो समय नायिका निर्माताको रुपमा समेत चिनिएकी छन् । ‘मेरो एउटा साथी छ’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’ लगायत फिल्ममा अभिनय गरेकी नम्रता लभस्टोरी फिल्ममा भने राम्रोसँग जम्ने गरेकी छन् । उनले निर्माण गरेको फिल्म ‘सोल सिस्टर’ र ‘जाइरा’ हो । तर यी दुबै फिल्मले उनलाई ब्यावसायिक लाभ भने दिन सकेन ।

मोडलिङबाट करियर सुरु गरेपछि थिएटर हुँदै फिल्म अभिनयमा प्रवेश गरेकी नम्रता बेलाबेलामा प्रेम प्रसंगका कारण पनि चर्चामा रहने गर्दछिन् । उनी पछिल्लो समय दावा स्टिभन शेर्पासँगको प्रेममा रहेको चर्चा फिल्म क्षेत्रमा चलेको छ ।