• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

सप्तरीका तीन जना कोरोनामुक्त भई डिस्चार्ज



सप्तरीमा कोरोना जितेर आज (बुधबार) तीन जना डिस्चार्ज भएका छन् । पहिलो पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएका डाक्नेश्वरी नगरपालिकाका दुई जना र बलान बिहुल गाउँपालिकाका एक जना गरी तीन जनाको दोश्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो ।


डाक्नेश्वरी वडा नं. ८ भुतहीका ३५ वर्षीय जसोलाल राम र वडा नं. ४, प्रवाहाका २२ वर्षीय रामकुमार मुखिया तथा बलान, विहुल वडा नं. ४ मौवाहाका ३५ वर्षीय अमरनाथ मण्डललाई डिस्चार्ज गरिएको गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिनुभयो । डाक्नेश्वरीका राम र मुखियामा गत जेठ १२ गते तथा बलान विहुलका मण्डलमा गत जेठ १० गते कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि गत जेष्ठ २२ गते डाक्नेश्वरी नगरपालिका – ३, हटैलका १८ वर्षीय नसिम हुसेन १८ दिनको उपचारपश्चात् कोरोना जितेर घर फर्केका थिए । सप्तरीमा हालसम्म १०६ कोरोना सङ्क्रमित भेटिएकोमा चार जना निको भएर घर फर्केका छन् ।