
बार्यन म्यनुिख जर्मन कप फुटबलको फाइनलमा प्रवेश गर्ने सफल भएको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा एनट्राट फ्राङ्कफुर्टलाई २-१ ले हराउदै लिग लिडर बायर्न उपाधि नजिक पुगेको हो ।
लेभरकुजनले पहिलो सेमिफाइनलमा सारब्रुकेनलाई पराजित गरेको थियो ।घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि इभान पेरिसिक र रोवर्टो लेवान्डवस्कीले गोल गरे । यसघि मंगलबार राति भएको खेलमा चौथो श्रेणीको साब्रुकेनमाथि ३–० को सहज जित निकाल्दै लिभरकुसनले उपाधि यात्रा थप बलियो बनाएको थियो।
अब लिभरकुसनले उपाधिका लागि बायर्न म्युनिख र फ्रान्कफर्टबीचको विजेतासँग ४ जुलाईमा खेल्नेछ ।