
कोपा इटालिया फुटबलमा १३ पटकको विजेता यूभेन्ट्स फाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा रोनाल्डो पेनाल्टीमा गोल गर्न चुके पनि यूभेन्ट्सले अवे गोलका आधारमा फाइनलमा स्थान बनाएको हो।
पेनाल्टी क्षेत्रमा मिलानका खेलाडीले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा क्रिस्टियानो रोनाल्डो चुकेका थिए । उनले प्रहार गरेको बल गोलपोस्टको पोलमा लाग्दै फर्किएको थियो ।
सुरुआती समयमा नै मिलान १० खेलाडीमा समेटिए पनि युभेन्टसले त्यसको फाइदा उठाउन सकेन । निर्धारित समयको खेलमा दुबै टोलिबाट कुनै गोल हुन नसकेपछि युभेन्टसले अवे गोलको आधारमा फाइनलमा स्थान बनएको हो ।
अब युभेन्टसले उपाधिका लागि दोस्रो सेमिफाइन खेलको विजेता टोलि नेपोली र इन्टर मिलान मध्री एकसँग खेल्ने छ । नेपोली र इन्टर मिलानबीचको दोस्रो लेग शनिबार राति हुनेछ ।