• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

बुन्डेस लिगा – ओल्मो चम्कदा होफेनहेममाथि लाइप्जिगको सहज जित



एजेन्सी। आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा होफेनहेममाथि २–० को जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा ओल्मोले पहिलो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्न सफल भएको थियो ।

अवे मैदानमा भएको खेलमा आरबीका लागि दुवै गोल डानी ओल्मोले पहिलो हाफमा तीन मिनेटको अन्तरालमा गरेका हुन् । नवौँ मिनेटमा पहिलो गोल गरेका उनले ११ औँ मिनेटमा दोस्रो गोल गरी लाइप्जिगको जित अग्रता र अन्ततः जित निश्चित गरेका हुन् ।

जितसँगै लाइप्जिगले अर्काे सिजनको लागि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना बलियो बनाएको छ ।तेस्रो स्थानमा रहेको लाइप्जिगको ३१ खेलबाट ६२ अंक पुगेको छ ।