• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

वैज्ञानिकहरु भन्छन् – कोरोना भाइरस अन्तिम महामारी होइन



वैज्ञानिकहरुले प्रकृतिप्रति मानिसले जति अतिक्रमण गर्छ उति नै वन्यजीवबाट मानिसमा बिमारी फैलिने बताएका छन् । नयाँ नयाँ बिमारीको अध्ययन गर्ने विशेषज्ञहरुले यस कुरालाई लिएर चेतावनी दिएका छन् ।

नयाँ बिमारीको अध्ययन गर्ने क्रममा ढाँचाको आधारमा पहिचान गर्ने प्रक्रियाको विकास गरेका छन् । यसबाट कुन जीवबाट आएको रोग मानिसलाई अत्याधिक खतरा हुन्छ भन्ने कुरा सजिलै थाहा हुन्छ ।
लिभरपुल विश्वविद्यालयका एक जनाले प्राफेसरले भनेका छन्,‘ बितेको २० सालमा हाम्रो सामु फरक– फरक छ तरिकाका बिमारी आएका छन् । सार्स, मर्स, इबोला, एभियन इन्फ्लुइन्जा र स्वाइन फ्लु । हामीले पाँच बिमारीसँग त लड्न सक्यौँ तर छैटौँ …. ’

‘ र यो अन्तिम महामारी पनि होइन जसको हामीले सामना गरिरहेका छौँ । त्यसैले हामीलाई वन्य जीवजन्तुको बिमारीलाई नजिकबाट नियाल्नु पर्दछ । ’ उनले थपे ।

धेरै वैज्ञानिकहरुले मानिसहरुको जंगल कटानी र विभिन्न जीवको आवास र भोजनमा आक्रमण गर्नुजस्ता क्रियाकलापले जनावरबाट मानिसमा सर्ने रोगहरु फैलिएको मद्यत गरेको बताउँछन् ।

यूनिभर्सिटी कलेज लण्डनका प्रोफेसर केट जोन्सले मानिसको हस्तक्षेपकै कारणले संक्रामक रोगको जोखिम बढेको उल्लेख गरेका छन् ।