• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

मेयर लोकमान बुढाथोकीले व्यक्तिगत लगानीमा ल्याए २० अक्सिजन सिलिन्डर र ६० हजार मास्क



lokman budhathoki

बागचौर नगरपालिकाका मेयर लोकमान बुढाथोकीले व्यक्तिगत लगानीमा २० थान नयाँ अक्सिजन सिलिन्डर, ६० हजार सर्जिकल मास्क, ३ सय के एन नाइन्टी फाइभ मास्क र १७ सय २८ पिस साबुन, स्यानिटाइजर ह्यान्डल स्ट्यान्ड ल्याएका छन् ।

lokman budhathoki

बागचौर नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन सेन्टरमा मेयर बुढाथोकीले व्यक्तिगत रूपमा किनेर ल्याएका ८ थान ठुला अक्सिजन सिलिन्डर आइसकेका छन् भने १२ वटा आउँदै गरेको बुढाथोकीले जानकारी दिएका छन् । उनिले आफूले पाउने तलब व्यक्तिगत रूपमा नलिएर सम्पूर्ण रकम जनताको सेवामा लगाउने पहिले नै उद्घोष गरिसकेको थिए । यस अगाडि पनि मेयर बुढाथोकीले नगरपालिकाले कोरोना रोकथाम तथा उद्धारको लागि बनाएको कोषमा ४ लाख ५० हजार जम्मा गरेका थिए । अहिले खरिद गरिएको सामाग्री ६ लाख ६४ हजार बराबरको रहेको छ ।

मास्क आवश्यकता अनुसार नगर र जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत यस कोरोनाको समयमा अग्रभागमा रहेर काम गर्ने जनशक्तिलाई उपलब्ध गराउने मेयर बुढाथोकीले बताएका छन् ।

बागचौर नगरपालिकाले आफ्नै नयाँ भवनमा २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । आइसोलेसन सेन्टरमा १ जना मेडिकल अधिकृत (MBBS), ४ जना हेल्थ असिस्टेन्ट(H.A.), २ जना स्टाफ नर्स, ३ अनमी सहितको स्वास्थ्यकर्मी र ५ जना कार्यालय सहयोगी सहितको टिम परिचालन गरिएको नगरपालिकाले जानकारी दिएको छ ।

नगरपालिकाले वडाको समन्वयमा आर्थिक अवस्था कमजोर भएका कोरोनाका बिरामीको लागि गाडी पनि नि:शुल्क उपलब्ध गराएको छ । उक्त प्रयोजनको लागि नगरपालिकाको सरकारी गाडी, नगरपालिकाको एम्बुलेन्स र एकवटा निजी गाडी भाडामा लिएको छ ।