• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप



GEDSC DIGITAL CAMERA
 

पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आम हड्ताल गर्ने क्रममा जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । जनकपुरको शिवचोकमा प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा परी प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्य रामचन्द्र झा घाइते हुनुभएको छ । नेता झाको टाउकोमा चोट लागेको छ भने झडपमा परी प्रहरी जबान लालबाबु राय पनि घाइते हुनुभएको छ । झडपका क्रममा प्रहरीले दर्जन राउण्ड हवाईफायर गरेको छ । जनकपुरधामका पसल बजार बन्द गराउँदै हिँडेका प्रदर्शनकारी जानकीचोकबाट जनकचोक हँुदै शिवचोक पुगेपछि विपरीत दिशाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेपछि प्रहरीले हवाईफायर खोेलेपछि झडप भएको हो । प्रदर्शनकारीले गाडीमा तोडफोड गर्न लाग्दा त्यहाँ पुगेका नेकपा नेता मातृकाप्रसाद यादवले प्रहरी र प्रदर्शनकारीलाई सम्झाउँदै गर्दा जनकचोकबाट प्रहरीले हवाईफायर गर्न आदेश दिएपछि प्रदर्शनकारी आक्रोशित बनेपछि तनाव उत्पन्न भएको हो ।

  • रासस