• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

प्रादेशिक सरुवा रोग अस्पताल शिलान्यास



SSUCv3H4sIAAAAAAAEAJ1V246jMAx9X2n/oeK5lQjXsL8y2ocQ0hIVkioJ0x2N+u9roMymNtJI+0bMcWwf2yefP38cDkkrvJbJr8PnfIKzHobJByeCtgbM7Pi0q04H67QYwJjOtsfyJ/FBhMkrH13h+ykE5Xyw8jpfEaGlCOoC17zgtxTe1vNh+7H8BA/4lSTHyOandrFtpsfxvz3Xj99bleKijPyYc3tEWTs1KLHW+LZCk+sdKhzjKkZgSC70fNWRVGmZ5QmKIa0Bgif5ZDhGFw1Bd1YC7684VlYlxvXW33TA8csyq0h84RSKC4Exqp300GlzeUE2TcNqjBS6Q9flKScgJ3sdlAwTCV5wErxXYgj991QunGtDbqzLf13f9xRjOw3CSOTKmpJAYSOM8h4B85RkLaTUnTIBtYDnBCmdRRfWKa8JaSsNO/3aKWhyrcDjxCizg2gtLLd1H6iegqf7HFFsCsVj7FW/ls3SKm3I6KlRuW3DMEVRw1hVE9ebcGJpN8q7oitzdhY1oYaZIBsjdSCFUcLkoA0KWnNWkaDqDwiCRpu6uy8gdtfvhyk4JcJIpmlpfTzb86zj+jVo7wmvJct5XRBaL4PAo53lVDPu2nT2jlWIFVStqFYxkqCz9kxQXwxEwvsO+2QXNV7PYuq0jTT33YLizunnkdPNzZpwidxs6JWLzhJeODtGBmPDou7PxyLp4JmajyxnZcabquYzeXmdZcn26sHbpjsf3bHQnXCm6jYV+Ymds+ZUSF6dGi7akwJpka3iaZPNhT7+AvjfxP59BwAA

धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गामा ५० शय्याको प्रदेशिक सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री भानुभक्त ढकाले सोमबार अस्पतालको शिलान्यास समेत गर्नुभयो । सुन्दरहरैचाको वडा नं ११ मा रहेको प्रतिष्ठानको कूल जग्गामध्ये दुई बिघा क्षेत्रफलमा सरुवा रोग अस्पताल निर्माण हुने भएको हो । प्रदेश नं १ का जनतालाई सरुवा रोगसम्बन्धी विशिष्टकृत उपचार सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल निर्माण हुन लागेको बिपी प्रतिष्ठानका रजिष्ट्रार प्रा डा मोहनचन्द्र रेग्मीले जानकारी दिनुभयो ।

मा ५० शय्याको सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । सोहीअनुसार प्रतिष्ठानको प्रतिष्ठानको ४४औँ सिनेट बैठकले सरुवा रोग अस्पताल बनाउन सुन्दरहरैचास्थित आफ्नो जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । अस्पताल बनाउन सङ्घीय सरकारले बजेट उपलब्ध गराउनेछ भने प्रदेश सरकारले निर्माण गर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा डा रेग्मीले जानकारी दिनुभयो । शिलान्यास कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा डा ज्ञानेन्द्र गिरी, सामाजिक विकासमन्त्री हिक्कमत कार्कीलगायतको उपस्थिति थियो ।

निर्माण सम्पन्नपछि प्रदेश सरकार र प्रतिष्ठानको संयुक्त प्राविधिक टिमले सञ्चालन र व्यवस्थापन गर्ने छ । यसबारेमा सोमबार नै प्रदेश सरकार र प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की र प्रतिष्ठानका रजिष्ट्रार प्रा डा रेग्मीले हस्ताक्षर गर्नुभयो । सङ्घीय सरकारले रु आठ करोड बजेट अस्पताल निर्माणका लागि निकासा गरिसकेको छ । सरकारले सातै प्रदेशमा ५० शय्याको अस्पतालको खाका तयार गरिसकेको छ ।

  • रासस