• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

शहीद तथा बेपत्ता परिवारलाई सम्मान र स्वास्थ्य बीमा



मुलुकमा भएका विभिन्न सङ्घर्ष तथा परिवर्तनका आन्दोलनमा कास्कीको रुपा गाउँपालिकामा मात्र १८ जना शहीद तथा बेपत्ता भएका छन् । सत्र जना घाइते तथा ४० जना द्वन्द्वपीडित र आठजनाले जेलनेल खेपेका छन् । शहीद, बेपत्ता तथा घाइते एवम् द्वन्द्वपीडित र जेलजीवन भोगेका व्यक्तिका परिवारलाई ताम्रपत्र, दोसल्लाले सम्मान तथा पाँचजना सम्मको रु एक लाख बराबरको स्वास्थ्य बीमा गरिएको हो । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पीडित परिवारलाई सम्मान गर्दै त्यस्ता परिवारलाई दिगो जीविकोपार्जनका लागि प्रदेश सरकारले आयआर्जनका विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिनुभयो । स्वास्थ्य बीमाका लागि आवश्यक रकम गाउँपालिकाले नै बेहोर्नाका साथै त्यस्ता परिवारलाई संरक्षण र प्रोत्साहन गर्ने गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताउनुभयो । शहीद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बाँस्तोलाले राजनीतिक दलका नेताले शहीद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र अभिव्यक्ति दिने गरेको भए पनि उक्त गाउँपालिकाले सम्मान गरेकामा खुशी व्यक्त गर्नुभयो ।

  • रासस