![](https://i0.wp.com/tulsipurnews.com/wp-content/uploads/2020/11/loksewa-aayog-1692020095536.jpg?fit=1920%2C1080&ssl=1)
सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।
आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ भन्ने खबर आजको राजधानी दैनिकमा लेखिएको छ ।