• ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
Logo

मालपोत कार्यालय तुलसीपुरका दुई कर्मचारी ३ लाख २० हजार घुससहित पक्राउ



मालपोत कार्यालय तुलसीपुर दाङमा कार्यरत दुई जना कर्मचारी ३ लाख २० हजार घुस रकम सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा तामेली फाँटमा कार्यरत नायव सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरे रहेका छन्न ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मिनराज गैरेलाई शुक्रवार दिउँसो कार्यालयबाटै तीन लाख २० हजार घुससहित पक्राउ गरेको हो । उनीहरूले यस अघि सेवाग्राहीबाट ८० हजार रुपैयाँ लिई सकेको पनि खुलेको छ । २०२६ सालमा सर्भे भएको जग्गाको बाबुको नाममा नापी भएको तर छोराको नापी कायम नभएको हुँदा उक्त जग्गाको नापी कायम गर्नका लागी घुस लिएको बताइएको छ ।

उनीहरूलाई अहिले अनुसन्धानका लागी नेपालगन्ज लगीएको अख्तियारको कार्यालय नेपालगन्जले जानकारी दिएको छ ।