• २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

बाँकेको कोइराला प्रखर क्यान्सर अस्पतालमा शुक्रबारदेखि शल्यक्रिया सेवा



बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले शुक्रबारदेखि शल्यक्रिया सेवा शुरु गर्ने भएको छ । शल्यक्रिया सेवा शुभारम्भको अवसर पारेर अस्पतालले शरीरमा गाँठागुँठी भएका र मासु पलाएका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने छ ।

निःशुल्क शल्यक्रियाका लागि बिरामीले आफ्नो नाम दर्ता गराउनुपर्ने अस्पतालका कार्यकारी निर्देशक डा कृष्णप्रसाद आचार्यले बताउनुभयो । सो अस्पतालमा बिरामीको नियमित उपचारसमेत भइरहेको छ । कोरोना महामारीले बिरामीको उपचारमा खासै प्रभााव नपरेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका नयाँ अर्बुदरोगका बिरामी अस्पतालमा उपचारका लागि आउने गरेको निर्देशक आचार्यले जानकारी दिनुभयो । सङ्घीय सरकारको मातहतमा रहेको सो अस्पतालका लागि बाँकेको खजुरा गाउँपालिकालगायत अन्य स्थानीय तहका जनप्रतिनिधि र स्थानीय प्रशासनले पनि सहयोग गरिहेको जनाइएको छ । विसं २०७५ असार ९ गते तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले उदघाटन गरेपछि औपचारिकरुपमा सञ्चालनमा आएको सो अस्पतालले अहिलेसम्म करीब सात हजार बिरामीलाई उपचार सेवा पु¥याइसकेको छ । अस्पतालले हालका लागि बहिरङ्ग सेवाअन्तर्गत बिरामी जाँच, किमोथेरापी, प्याथोलोजी, रेडियोलोजी र फार्मेसी सेवा मात्र दिन सकेको छ । सरकारबाट १०० श्ययाको मान्यता पाएको अस्पतालले पहिलो चरणअन्तर्गत ५९ श्ययाबाट आफ्नो सेवा प्रारम्भ गरेको थियो ।

अस्पतालको सेवा प्रारम्भ भएपछि लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई शुरुआती चरणको उपचार सेवा लिन भरतपुर र काठमाडौँ जानुपर्ने बाध्यता पनि टरेको छ । बाँकेको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिको अगुवाइमा करिब १७ वर्षअघि ९२०६५ साल०मा खजुरावासीको यज्ञकीर्तन, मुठीदानबाट अस्पताल निर्माणका लागि सङ्कलन गरिएको रकमबाट शुरुमा खजुरा प्रखर क्यान्सर अस्पताल नामकरण गरी भवन निर्माण गरिएको थियो । स्वास्थ्यमन्त्री गगनकुमार थापा रहेको यसअघिको सरकारले अस्पतालको स्वामित्व ग्रहण गरी नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाका नाममा ‘सुशील कोइराला प्रखर क्यान्सर अस्पताल’ नामकरण गरेको हो ।

 

  • रासस