
तुलसीपुरको कालिका मन्दिर नामले प्रसिद्ध त्रिसिद्धेद्देवरी मन्दिरमा चोरी भएको छ ।
रातिको समयमा ढोकामा लगाएको ताला फोडेर चोरले मन्दिर भित्र रहेका ४ वटा दान पेटिका फोडेर चोरी गरेको छ । मन्दिर व्यवस्थापन समितिका सचिव होमराज शर्माले तीन दिन अघि दान पेटिका खोलेकाले ४/५ सय रुपैयाँ जति चोरी भएको जानकारी दिए । शर्माले खासै ठुलो रकम चोरी नभएको तर मन्दिरमा चोरी गर्न चोर पल्केको चाहिँ चिन्ताको विषय भएको बताए । चोरले मन्दिर भित्र रहेको बाघको मूर्तिको पुच्छर समेत तोडफोड गरेको छ ।