
पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महराको कोरोनासंक्रमणबाट निधन भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई केही दिनअघि दाङबाट हेलिकप्टरमा राखेर काठमाडौं ल्याइएको थियो।
उनी विगत १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन् । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै बुधबार बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको छ।