
नेपाली काँग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुदिन खान नियुक्त हुनुभएको छ ।
संसदीय दलको विधानबमोजिम संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले रुपन्देहीका प्रदेशसभा सदस्य खानलाई प्रमुख सचेतक नियुक्त गर्नुभएकोे सचेतक निर्मला क्षेत्रीले जानकारी दिनुभयो । यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक रहनुभएको थियो । हमालले समय दिन नसकेका कारण खानलाई नियुक्त गरिएको हो ।
- रासस