• ६ श्रावण २०८१, आईतवार
  •      Sun Jul 21 2024
Logo

बलात्कार आरोप लागेका प्रहरी जवान पक्राउ



बालिका बलात्कारको आरोप लागेका जिल्लाको जोरायल गाउँपालिका–५ गड्सेरामा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिंहलाई पक्राउ गरिएको छ । सिंहले सोही वडामा बस्ने १५ वर्षीया बालिकालाइ बलात्कार गरेको आरोपमा बालिकाका आफन्तले मुद्धा दर्ता गरेपछि पक्राउ परेका हुन् ।

प्रहरी जवान सिंह चौकीबाट एकाएक सम्र्पकबिहिन भएपछि उनलाई गएराति कैलाली जाँदै गर्दा प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय डोटीमा बुझाएको छ । उनलाई आरोप प्रमाणित भए हदैसम्मको कानूनी कारवाही हुने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख मुकेशकुमार सिंहले बताउनुभयो । सो अस्थायी प्रहरी चौकीका प्रमुख चन्द्र भण्डारीलाई पनि आवश्यक सोधपुछ तथा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा झिकाइएको निमित्त प्रदेश प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो । चौकीका प्रमुख भण्डारीले घटना भएको दिन र समयमा प्रहरी जवान कतै नगएको र व्यारेकमै रहेको दाबी गर्नुभयो । प्रहरी जवान सिंहले यही कात्तिक १३ गते राति किशोरीलाई बलात्कारपछि हत्या प्रयास गरेको पीडित किशोरीका आफन्तले आरोप लगाएका छन् ।

 

  • रासस