• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

आलुको बीउ बाँड्दै गाउँपालिका



कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा एकसाथ १८ हजार किलोग्राम आलुको बीउ वितरण शुरु गरेको छ ।

सर्वसाधारणलाई उत्पादनतर्फ जोड्दै उनीहरूलाई आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवम् ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । बीउ वितरणका लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण शुरु गरेको र सबै वडामा वितरण कार्य भइरहेको उहाँले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकामा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् । “यस वर्ष गाउँपालिकामा ३० हजार किलोग्राम आलुको बीउ माग भएको तर त्यसअनुरुप पु¥याउन सकेनौँ”, अध्यक्ष कुँवरले भन्नुभयो, “गाउँपालिकामा कृषिप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।”

  • रासस