• ५ श्रावण २०८१, शनिबार
  •      Sat Jul 20 2024
Logo

दाङमा साइकलबाट लडेर एक वालकको मृत्यु



तुलसीपुरका एक वालकको साइकलबाट लडेर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडानं. १९ हाडिमेका १२ वर्षीय दिपलभ चौधरी कात्तिक ९ गते साइकलबाट लडेर गम्भीर घाइते भएका थिए ।

घाइते भएका वालक लाई  उपचारका लागी कोहलपुर लागिएको थियो । उनको कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी न्यूस्टर स्कुल विजौरीमा कक्षा ५ मा अध्ययनरत थिए । साइकल चलाउँदै गर्दा खोल्सामा खसेर हात भाच्चिनुकासाथै  शरीरका अन्य भागमा गम्भीर चोट लागेको थियो ।