• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

प्रदेश सरकारले नमूना काम गरेको छ : सभामुख थापा



सुदूरपश्चिम प्रदेश सरकारले नमूना काम गरेको सभामुख अर्जुनबहादुर थापाले बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, बझाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभामुख थापाले प्रदेश सरकारले सडकहरुको गुणस्तर बढाएको, पहाडी जिल्लामा अपाङ्गता भएका विध्यार्थिका लागि छात्राबास निमार्ण गर्न बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा पनि विगतको तुलनामा सुधार आउको औल्याउँदै भौतिक पूर्वाधार र सामाजिक विकासमा सहयोगी हुने गरी काम गर्न पत्रकारहरुलाई आग्रह गर्नुभयो ।