
आज रुपन्देहीमा राजसंस्थाको पक्षमा प्रदर्शन गरिएको छ । राजसंस्थाको माग गर्दै मणिग्रामबाट बुटवलको ट्राफिक चोकसम्म पूर्व राजा–रानी ज्ञानेन्द्र शाह र कोमलको तस्वीर अंकित टिसर्ट लगाएर मोटरसाइकल र्याली सहित प्रदर्शन गरिएको हो ।
वीर गोर्खाली अभियानको आयोजनामा ‘देश र श्रीपेचको रक्षा’ कोे लागि भन्दै प्रदर्शन गरिएको हो । र्यालीमा करिब २ हजार मोटरसाइकल सहभागी भएका थिए । आयोजकका अनुसार गणतन्त्र स्थापनापछि रुपन्देहीमा राजसंस्थाको पक्षमा भएको यो प्रदर्शन अहिलेसम्मकै ठुलो हो ।