![](https://i0.wp.com/tulsipurnews.com/wp-content/uploads/2020/11/child-death-body.jpg?fit=990%2C424&ssl=1)
लुम्बिनी– भैरहवा सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका– ८ विश्वकर्मा मन्दिर नजिकै टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
लुम्बिनीबाट भैरहवातर्फ आउँदै गरेको लु१क ११७४ नंको टिपरले आज बिहान ९ः३० बजे ठक्कर दिँदा पैदलयात्री मायादेवी– ८ का आठ वर्षीय रघुवीर हरिजनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले जानकारी दिनुभयो । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा छन् ।
- रासस