• ९ मंसिर २०८०, शनिबार
  •      Sat Nov 25 2023
Logo

घोराहीका ७० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु



घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी एक ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको शनिवार बिहान उपचारका क्रममा बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज अस्पताल कोहलपुरमा मृत्यु भएको छ। कात्तिक १२ गते स्वाब परीक्षण गर्दा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ११ गते आइसियुमा भर्ना गरिएको थियो। उनको शनिवार बिहान ५ बजे मृत्यु भएको छ।