• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

थप तीन हजार ५१७ मा कोरोना सङ्क्रमण पुष्टि



देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ५१७ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १४ हजार ९८९ जनाको स्वास्थ्य परीक्षण गर्दा दुई हजार १५६ पुरुष र एक हजार ३६१ महिलामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक लाख ६८ हजार २३५ पुगेको छ । हाल देशभर सक्रिय सङ्क्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन सङ्क्रमितमध्ये २२.८ प्रतिशत हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको सङ्ख्या चार हजार ९६ छ । यससँगै निको हुनेको सङ्ख्या एक लाख २८ हजार ९५८ पुगेको छ । हाल देशभर दुई हजार ६६६ जना क्वारेन्टिनमा छन् । थप १६ को मृत्यु हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । उपत्यकामा एक हजार ८८८ थप पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा एक हजार ८८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौँमा एक हजार ५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म काठमाडौंँ जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ६० हजार ७४२ पुगेको छ । तीमध्ये ४४ हजार २८८ जना निको भएका छन् भने २१२ जनाको मृत्यु भएको छ । त्यसैगरी ललितपुरमा कुल सङ्क्रमितको सङ्ख्या आठ हजार ५९९ रहेकामा ६ हजार १९६ जना निको भएका छन् र ५८ जनाको मृत्यु भएको छ । भक्तपुरमा पाँच हजार ६५० जना सङ्क्रमित भएकामा चार हजार ४२२ जना निको भएका छन् र ६३ जनाको मृत्यु भएको छ ।

 

  • रासस