• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

कुमार बिकको बायाँ खुट्टा छिनिने गरी आक्रमण गर्ने २ युवक पक्राउ



तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक सोमबार राति १० बजे तिर बायाँ खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेका थिए । यस घटनाको आरोपमा २ जना युवक पक्राउ परेका छन् ।

आज शुक्रवार इलाका प्रहरी कार्यालय तुलसीपुरले पत्रकार सम्मेलन आयोजना गरी पक्राउ परेका २ जना युवक र उनीहरूले आक्रमण गर्दा प्रयोग गरेको हतियार समेत सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ उत्तर कुररीयाका २२ वर्षीय पवन चौधरी र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० का २४ वर्षीय अमृत चौधरी रहेका छन्न । दुवै जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।

घाइते विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लागिएको छ तर अत्यधिक रक्तस्राव भएकाले कोहलपुरबाट पनि मङ्गलवार थप उपचारका लागि भारतको लखनउ लगिएको छ।