• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

ओझालाई रिहा गर्न नेविसङ्घको माग



नेपाली काँग्रेसनिकट नेपाल विद्यार्थी सङ्घले कैलालीको अत्तरियामा बुधबार पक्राउ परेका शङ्करदेव क्याम्पस काठमाडौँका विद्यार्थी नेता दीपक ओझालाई रिहा गर्न माग गरेको छ ।

नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अकारण पक्राउ गरिएको जनाउँदै यस्तो प्रवृत्तिको निन्दा गर्नुभएको छ । विद्यार्थी सङ्गठनका नेता, कार्यकर्तालाई विनाकरण पक्रने, झुट्टा मुद्दा लगाउने, हिरासतभित्र यातना दिने कार्य भएको पनि नविसङ्घको जिकिर छ । नेविसङ्घका महामन्त्री दीपक भट्टराईले राजनीिितक प्रतिशोधका आधारमा ओझाको पक्राउ गरिएको आरोप लगाउनुभयो ।

 

  • रासस