• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
Logo

कोरोना सङ्क्रमित महिलाको मृत्यु



धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाको आज मृत्यु भएको छ ।

धनगढी, उपमहानगरपालिका–२ की ५७ वर्षीया महिलाको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । कडा खालको निमोनियाबाट ग्रसित महिलाको कात्तिक १० गतेदेखि अस्पतालको मेडिकल वार्डमा उपचार भइरहेको र उहाँमा १२ गते मात्रै कोरोना पुष्टि भएपछि प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा सिफ्ट गरी उपचार भइरहेको सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “उपचारका क्रममा ती महिलाको आज बिहान मृत्यु भएको हो ।” रासस