• ७ श्रावण २०८१, सोमबार
  •      Mon Jul 22 2024
Logo

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी मुल्मीको निधनप्रति दुःख व्यक्त



नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रजातन्त्र सेनानी मुल्मीको यही कात्तिक ११ गते ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा ८५ वर्षका उमेरमा निधन भएको हो । पूर्वप्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गर्नुभएको छ । विसं २०१७ फागुन १५ गते तत्कालीन व्यवस्थाको विरोध गर्दै भएको प्रदर्शनका क्रममा मुल्मीले करीब डेढ वर्ष कारागार जीवन व्यतीत गर्नुभएको पार्टीले जनाएको छ । मुल्मीले नेपालका प्रजातान्त्रिक आन्दोलनहरुमा सक्रिय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको पार्टीले जनाएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । रासस