• १२ मंसिर २०८०, मंगलवार
  •      Tue Nov 28 2023
Logo

असहायलाई दशैँ राहत



सामाजिक संस्थाको सक्रियतामा तनहुँको बन्दिपुर र भानुनगरपालिकाका ३५ असहाय परिवारलाई दशँै राहत वितरण गरिएको छ ।

डुम्रे टोल विकास संस्था, खहरे बिरुवा डुम्रे टोल विकास संस्था र अपाङ्ग सरोकार समिति बन्दीपुरको सहकार्यमा असहाय र अपाङगता भएका व्यक्तिका परिवारलाई राहत वितरण गरिएको हो । कोभिड–१९ का कारण समस्यामा परेका, आम्दानीको स्रोत नभएका असहाय वृद्ध, र अशक्त परिवारलाई राहत वितरण गरिएको राष्ट्रिय युवा सङ्गठन जिल्ला समिति तनहुँका सहसंयोजक भगवान श्रेष्ठले जानकारी दिनुभयो । प्रति परिवार चामल दश केजी, कुखुराको मासु एक केजी, नुन एक केजी, तेल एक पोका र कोक एक बोतल वितरण गरिएको उहाँले बताउनुभयो ।

राहत वितरणको लागि डुम्रे टोल विकास संस्थाबाट दश हजार, नेपाल राष्ट्रिय युवा सङ्गठन तनहुँ जिल्ला सहसंयोजक तथा डुम्रे टोल विकास संस्थाका अध्यक्ष भगवान श्रेष्ठबाट दश हजार, खहरे बिरुवा डुम्रे टोल विकास संस्थाबाट सात हजार रुपैयाँ लगायत विभिन्न व्यक्ति र संस्थाले सहयोग गरेका थिए । रासस