
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक सोमबार राति १० बजे तिर बाँया खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेका थिए । यस घटना अनुसन्धान गर्न प्रहरीले ३३ जना युवालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार यस घटना अनुसन्धान गर्न गोलौरी आसपासका ३३ जना युवाहरूलाई पक्राउ गरि अनुसन्धान भइरहेको छ। विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लागिएको छ तर अत्यधिक रक्तस्राव भएकाले कोहलपुरबाट पनि मंगलवार थप उपचारका लागि भारतको लखनउतर्फ लगिएको छ।