![](https://i0.wp.com/tulsipurnews.com/wp-content/uploads/2020/10/TIGER-ATTACK-2019-11-05-03-11-59.jpeg?fit=688%2C426&ssl=1)
मधुवन नगरपालिका वडा नं ३ मा बाघको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । घटनामा मधुवन– ३ बस्ने २७ वर्षीय दिनेश थारु र २६ वर्षीय रमेश चौधरीको मृत्यु भएको हो ।
![](https://i0.wp.com/tulsipurnews.com/wp-content/uploads/2020/10/TIGER-ATTACK-2019-11-05-03-11-59.jpeg?resize=688%2C426&ssl=1)
धनौराको बेलझुण्डी सामुदायिक वनमा थारु बाख्रा चराउन गएको र उनी घर नफर्किएपछि खोज्दै जाँदा चौधरीलाई समेत बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।
एक साताअघि मात्रै सोही ठाउँमा घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा मधुवन–३ भगरैया बस्ने २८ वर्षीय गंगा बुढाको तथा केही महिना पहिले एक बालकको मृत्यु भएको थियो । नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले भारतीय सीमावर्ती क्षेत्रमा भएको बाघले पटक पटक आक्रमण गर्ने गरेको बताउँदै नरभक्षी हुन सक्ने भएकाले तत्काल बैठक बसेर नियन्त्रणका लागि पहल गरिने आश्वासन दिनुभयो । रासस