• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

पोखरीमा डुबेर दाजुभाइको मृत्यु



पोखरीमा डुबेर सिरहाको नरहा गाउँपालिकाका एकै परिवारका दुई दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका– ३ खोरिया निवासी गुलजार सेखका छोरा १० वर्षीय अनजार र आठ वर्षीय यहसान छन् ।

सोमबार अपराह्न ३ बजेदेखि बेपत्ता दुवैको शव गाउँदेखि करीब ७०० मिटर पश्चिममा रहेको पोखरीमा फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवालले जानकारी दिनुभयो । माछा मार्ने वा नुहाउने क्रममा पोखरीमा पसेको र त्यसैमा डुबेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पताल ल्याइएको छ । पत्रकार चौधरीको निधन नेपाल पत्रकार महासंघ सिरहाका सदस्य कृष्णमोहन चौधरीको आज मध्याह्न निधन भएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा पत्रकार चौधरीको निधन भएको परिवारजनले जनाएको छ । सिरहा, सुखीपुर नगरपालिका –८ निवासी ३५ वर्षीय चौधरी केही दिनदेखि बिरामी हुनुहुन्थ्यो । उपचारकै क्रममा उहाँको निधन भएको सुखीपुरक पत्रकार रोयण्टर मण्डलले जानकारी दिनुभयो । रासस