• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

सुत्केरीको हेलिकप्टरमार्फत उद्धार



बागलुङ, बडिगाड गाउँपालिकाकी एक सुत्केरीलाई अत्यधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको छ । रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्यधिक रक्तश्राव भएपछि केन्द्र पु¥याइए पनि अवस्थामा सुधार नआएपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चूडामणि कँडेलले जानकारी दिनुभयो । शिशु बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको बताइएको छ । पुष्पा र उहाँका श्रीमान् इमानसिंह दुवै शिक्षक हुनुहुन्छ ।