• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

तुलसीपुरमा एक व्यक्ति खुट्टा छिनिएको अवस्थामा फेला



तुलसीपुरमा एक व्यक्ति वाँया खुट्टा छिनिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार उक्त व्यक्ति तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक रहेका छन्न । उनलाई प्रहरीले सोमबार राति १० बजे तिर बाँया खुट्टा छिनिएको र दुवै हातमा गम्भीर चोट लागेको अवस्थामा फेला पारेको हो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार उनी गोलौरीमा भान्जाको विहे खान गएको र त्यहाँबाट घर फर्किने क्रममा पढ्ढा र गोलौरी बीचको एकान्त स्थलमा अपरिचित समूहले साङ्घातिक आक्रमण गरेको हुन सक्ने भनाइ छ । आक्रमण गर्ने व्यक्तिको पहिचान हुन सकेको छैन तर खोजी कार्य भने जारी रहेको छ । विकलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि कोहलपुर लागिएको छ तर अत्यधिक रक्तस्राव भएकाले कोहलपुरबाट पनि काठमाडौँ लैजाने तयारी भएको डिएसपी सिंहले जानकारी दिए ।