• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

दसैँको शुभकामना – सुजन बस्नेत



ठुलालाई आधार सानालाई माया उद्देश्य सधैँ यही भयो,
कठई बर आज पनि टायलकै घर मुनी दसैँ आयो र गयो।
आए थुप्रै ओइरो, हेरे प्रगति र समृद्धिको रहेछ शुभकामना
हुने खानेलाई पो आएछ आमा दसैँ तिहार को लहर

दसैँ लागेरै होला सायद
ठाडो बोतल हातमा बियरको पुऊष भन्दै थिए
तल्ला घरे साइँला ले हिजो पिउष थौरै पिएर होला
श्रीमतीका दुई वटा दाँत र टाउको नै फोर्ए।।

धनिवनि लाई त दसैँ बेस्सरी आएछ नि सरकार,
न त सरकारले किसानलाई मल नै दिन सक्यो,
न त जनतालाई नै सफा जल नै दिन सक्यो,
न त जनको मरका पिडा नै बुझ्न सक्यो।

न त उद्योग कलकारखाना नै खोल्न सक्यो,
न त रोजगारीका बारे दुई शब्द नै बोल्न सक्यो।
न त यस्तो सङ्कट को घडीमा कुनै सेवा नै दिन सक्यो,
न त कुनै रोगको उपचारको जिम्मा नै लिन सक्यो।

मेरो प्यारो सरकारले,
न त वृद्ध बा आमा लाई सामाजिक सुरक्षा नै दिन सक्यो,
न त भ्रष्टाचारीलाई भ्रष्टाचार गर्नमा रोक्न नै सक्यो।
न त चेलीबेटी बलात्कृत हुनबाट बचाउन नै सक्यो,
न त आफ्नो निर्णयमा अडिक हुन नै सक्यो।

पोहोर साल जस्तै कालो बोके र रातो अबिर बोकी दसैँ आयो,
खै त न छोरो परदेश बाट घर नै आयो।
मेरो सरकार भन्छ हामी कार्य गर्दै छौँ,
न त सरकारले केही गरेर देखाउन नै सक्यो।

यो जिन्दगी चल्ला पहिले कि अण्डा भने जस्तै भयो,
धनीको पिठो पनि महँगो तर किन गरिबको चामल सस्तो भयो।
यो त दसैँ हो अरे ऋण खोजी जसो तसो टारौला नि आमा
आजलाई त केही भएन भोलि श्रीमती र छोराको चिन्ता हुने भयो।

प्रगति र समृद्धिको शुभकामना दिनेहरूको ओइरो देख्दा लाग्यो,
टन्नै रहेछन् चिन्तक मेरो मलाई आफ्नो मान्नेहरू
आज जस्तै खल्लो पर्ने कहिल्यै न आअोस दसैँ बरु
आज जस्तै खल्लो पर्ने कहिल्यै न आअोस दसैँ बरु।।।

-सुजन बस्नेत, गोरखा

असत्यमाथि सत्यको जित जस्तै यो वर्ष रोग (कोभिड-१९) माथि खोपको जित होस् अनि अर्को वर्षदेखि पहिलेको जस्तै हरेक चाडबाड मनाउन पाइयोस्: न दूरी होओस्, न कुनै मजबुरी।
विजय दशमीको अवसरमा समस्त पाठक वर्गहरू एवं मेरो मान्यजन, मित्रहरूमा साथै सम्पूर्ण आदरणीय महानुभावहरू मा हार्दिक शुभकामना व्यक्त गर्दछु।