• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

आज दाङमा थपिए ४७ कोरोना सङ्क्रमित



आज दाङमा थप ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्य ३६ जना पुरुष र ११ जना महिला रहेका छन् ।

तुलसीपुरमा १३ जना पुरुष र ४ जना महिला गरी १७ जना, घोराहीमा १७ पुरुष र ४ महिला गरी २१ जना, लमहीमा ३ पुरुष र २ महिला गरी ५ जनामा, शान्तिनगरमा १ जना पुरुष र एक जना महिला गरी थप २ जनामा सङ्क्रमण देखिएको हो । यस सङ्गै १५ जना उपचाररत सङ्क्रमितको स्वाब परीक्षण गर्दा उनीहरूमा पुनः कोरोना सङ्क्रमण पोजेटिभ नै देखिएको छ । आज सङ्क्रमण देखिएका ४७ जना सहित दाङमा सङ्क्रमितको कुल सङ्ख्या १ हजार ८ सय ९१ पुगेको छ भने १ हजार २ सय ७९ जना सङ्क्रमण मुक्त भएका छन् ।