
दाङमा छोराले आफ्नै बुवाको छतबाट धकेलेर हत्या गरेका छन्। जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काका अनुसार ‘सामान्य घरायसी विवादपछि छोराले बुवालाई कुटपिट गरी घरको छतबाट खसालेर हत्या गरेको भन्ने खुल्न आएको छ,’।

दाङ जिल्लाको बंगलाचुली गाउँपालिका वडा नं. २ निवासी २२ वर्षीय छोरा वीरबहादुर विकले आफ्नै ४५ वर्षीय बुवा बालाराम विकलाई घरको छतबाट धकलेर हत्या गरेका छन्। छतबाट खसेपछि बालारामको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ।
शनिबार बिहान २ बजे खबर आएको र प्रहरी घटनास्थल पुगेको डिएसी खड्काले बताए। खड्काले भने, ‘छोरालाई बिहानै पक्राउ गरिसकेका छौं र घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको छ। ’