• ९ श्रावण २०८१, बुधबार
  •      Wed Jul 24 2024
Logo

विश्व हिन्दु युवा संघले दाङमा योगी नरहरिनाथ गुरु कुल खोल्न नेतृत्व गर्ने



दाङमा योगी नरहरिनाथ गुरु कुल खोल्न विश्व हिन्दु युवा संघले नेतृत्व गर्ने भएको छ । संघका अध्यक्ष ऋषिकेश जङ्ग शाहले दाङमा भएको एक कार्यक्रम मार्फत यो कुरा को जानकारी दिएका हुन्न ।

शाहका अनुसार दाङ लाई सन्सार भर धार्मिक ग्रामको रूपमा विश्व विख्यात बनाइने र त्यो ग्रामको राजधानी श्रीगाउ हुनेछ। उनले भने “दाङ लाई सन्सार भर धार्मिक ग्रामको रूपमा विश्व विख्यात बनाइने छ,त्यो ग्रामको राजधानी श्रीगाउ हुनेछ।अर्को दाङको रिहारमा भगबान कृष्णले गाई चराउनु हुन्थ्यो ( जहाँ योगी नरहरिनाथले कोटि होम लगाउनु भएको थियो )त्यहाँ ” योगी नरहरिनाथ गुरु कुल ” खोल्ने कुरालाई अब विश्व हिन्दु युवा संघले नेतृत्व गर्ने छ”।

अध्यक्ष शाहले योगी नरहरिनाथले चिम्टा गाडेर जग्गा सङ्कलन गरेर स्थापना गरेको महेन्द्र संस्कृत विश्वविद्यालय योगीको सपना अनुसार चल्न नसकेको पनि बताएका छन्।