• ९ मंसिर २०८०, शनिबार
  •      Sat Nov 25 2023
Logo

लकडाउनमा पनि रोकिएन सुन तस्करी



सनम शाक्यको हत्यापछि सुन तस्करीबारे बढी नै चर्चा हुन थाल्यो, घटना खुल्दै गए तर तस्करीमा संलग्न मुख्य अभियुक्त कानुनी दायरामा नआउनु र विदेशी नेटवर्क अझै भत्किन नसक्नुले गिरोह पुनः सल्बलाएको पछिल्ला केही बरामद घटनाबाट देखिन्छ ।

लडकडाउनकै बीच चैतयता समेत विभिन्न स्थानबाट सुन बरामद भएको छ । अहिले पनि नेपाल–भारत र चीन–नेपाल सीमा नाकाबाट सहजै आउजाउको स्थिति छैन तर तस्करहरु कसरी सुन बोकेर आउजाउ गर्छन् भन्ने प्रश्न उठेको छ । पक्राउ परेका भरियामाथि गहिराइमा पुगेर अनुसन्धान गर्न नसक्दा ओसापसार नियन्त्रणमा आउन सकेको छैन ।

राजधानीकै थुप्रै नाम चलेका सुन व्यापारी तस्करको र्याकेट चलाउनेमा चिनिएका थिए । सहसचिव ईश्वरराज पौडेलको समितिले त केही उच्च घरानियाँ सुन व्यापारी र व्यवसायीमाथि छानबिन गर्न प्रस्ताव गरे पनि राजनीतिक दबाबले त्यो अघि बढ्न सकेन भन्ने खबरआजको कान्तिपुर दैनिकमा लेखिएको छ ।