
चर्चित गायक शक्ति चन्दको दशैँ विशेष गीत ‘चचहुई’ सार्वजनिक भएको छ । उक्त गीत सोमबार शक्ति चन्द ठकुरी नामक आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको हो।
यो गीतको भिडियोमा टिका सानु, अर्जुन खड्का, मानसिंह खड्का, शान्ता बस्नेत, शार्द एलजी तथा बसन्त ओलीको नृत्य रहेको छ । शक्ति चन्दको स्वर र ऋषि खड्काको संगीत रहेको यस गीतको म्युजिक भिडियोलाई छायाँकार प्रकाश चन्दले छायांकन गरेका हुन् भने निर्देशक मानसिंह खड्काले निर्देशन गरेका हुन् ।
हेर्नुहोस भिडियो :