![](https://i0.wp.com/tulsipurnews.com/wp-content/uploads/2020/10/oli_madab_7jIMUeoJ9H.jpg?fit=961%2C544&ssl=1)
स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्इक्ष पुष्पकमल दाहालबीच लगातार छलफल हुँदा पनि सहमति नभएका बेला ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालबीच मंगलबार छलफल भएको छ । दुई नेताबीच झण्डै सवा दुई घण्टा लामो छलफल भएको छ ।
नेता नेपालका स्वकीय सचिव मोहन गौतमले प्रधानमन्त्री ओली र नेपालबीच छलफल भएको पुष्टि गरे । बालुवाटारनिकट स्रोतका अनुसार भेटमा ओलीले आफूसँग मिलेर जान नेपाललाई प्रस्ताव गरेका छन् । उनले दाहालनिवास खुमलटार धाउनुभन्दा आफूसँग मिलेर जाँदा राम्रो हुने प्रस्ताव राखेको स्रोतको भनाइ छ ।
नेपालनिकट नेताहरुका अनुसार ओलीले मिलेर जाऔँ भने पनि ओलीको तर्फबाट ठोस प्रस्ताव आएको छैन ।
नेकपाभित्र शक्ति संघर्षमा दाहाल र नेपाल एकै ठाउँमा देखिएपछि ओली र नेपालबीच दुरी बढेको थियो । पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर र राजदूत नियुक्तिमा पनि नेपालको असन्तुष्टि छ भन्ने खबर आजकोकान्तिपुर दैनिकमा लेखिएको छ ।