• ५ श्रावण २०८१, शनिबार
  •      Sat Jul 20 2024
Logo

आजको राशीफल यस प्रकार रहेको छ – २०७७ साल कार्तिक ३ गते



आजको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

 

मेष Aries

भेटघाट र रमाइलोमा समय बित्नेछ। बोलीचालीमा मिठास आउनेछ। पढाई लेखाइमा रुची बढ्नेछ। स्वास्थ्यमा सुधार आउनेछ।

 

वृष Taurus

ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। भोज भतेरमा जाने अवसर मिल्नेछ। साथीभाईको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।

 

मिथुन Gemini

शैक्षिक क्षेत्रमा गरेको लगानीबाट लाभ मिल्नेछ। बोलेको काममा सफलता मिल्नेछ। गरेको कामको उचित मूल्यांकन हुनेछ।

 

कर्कट Cancer

जागिरमा पदोन्नति हुने समय छ। बौद्धिक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा भने केहि समस्या आउने देखिन्छ।

 

सिंह Leo

धार्मिक र सामाजिक काममा ब्यस्त रहनुपर्नेछ। सामाजिक मानसम्मान मिल्नेछ। व्यापार ब्यबसायबाट लाभ मिल्नेछ।

 

कन्या Virgo

धार्मिक ऐतिहासिक ठाउँको भ्रमण हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। तपाइको मेहनत र इमान्दारिताको अरुले प्रसंसा गर्नेछन।

 

तुला Libra

अरुले बिश्वास गर्नेछन। केहि गरिहाल्नुपर्ने समय छ। रोकिएका अधुरा कामहरु सुचारु हुनेछन। घरपरिवारका सदस्यले काममा सहयोग गर्नेछन।

 

वृश्चिक Scorpio

सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

 

धनु Sagittarius
सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। शुभ समाचार सुन्न पाइनेछ। कलात्मक क्षेत्रमा राम्रो छ।
 

मकर Capricorn

अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्य बलियो रहनेछ। परोपकारी काममा रुची बढ्नेछ। मन उत्साहित हुनेछ।

 

कुम्भ Aquarius
नोकरीमा उतारच ढाव आउनेछ। परिवारको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ। जग्गा जमिनको कामबाट लाभ मिल्नेछ।

 

मीन Pisces
अध्ययन अध्यापनमा सफलता मिल्नेछ। रोकिएका कामहरु शुचारु हुनेछन। रमाइलो यात्राको योग रहेको छ। स्वास्थ्यमा समस्या देखिनेछ।
 

क्रेडिट:© Nepali horoscope