• २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

तुलसीपुरमा थपिए २२ कोरोना संक्रमित



बिहीबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा तुलसीपुरका थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसी का अनुसार संक्रमितहुनेमा चार महिला र १८ जना पुरुष रहेका छन्न । यो सँगै तुलसीपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन सय ६८ पुगेको छ ।

आज थपिएका सङ्क्रमित मध्य तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ का ३ जना, वडा नं.४ का एक जना, वडा नं.५ का ४ जना, वडा नं.६ का ८ जना, वडा नं. ८ का २ जना, वडा नं. ९ का २ जना, वडा नं. १६ का एक जना र वडा नं. १९ का एक जना रहेका छन् ।