
कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि नापी कार्यालय तुलसीपुर बन्द भएको छ ।
कार्यालय प्रमुख शरद आचार्यका अनुसार कार्यालय बुधवार देखी एक हप्ता का लागी बन्द गरिएको हो । कार्यालयमा भिडभाड हुँदा सङ्क्रमण बढ्नसक्ने हुँदा कात्तिक ४ गतेसम्मका लागि कार्यालय बन्द गरिएको छ ।