• १२ मंसिर २०८०, मंगलवार
  •      Tue Nov 28 2023
Logo

दाङ राजधानी बनाउने निर्णयविरूद्ध बुटवलमा प्रदर्शन ; टायर बालेर सरकारी गाडी तोडफोड गरेर विरोध



प्रदेश ५ सरकारले भालुवाङ बजारलाई प्रदेश ५ को राजधानी बनाउने  प्रस्ताव पेश गरिएसँगै बुटवलमा विरोध प्रदर्शन सुरू भएको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठक प्रदेशको नामाकरण र स्थायी राजधानीको प्रस्ताव पेश गरेका थिए। प्रदेश मन्त्रिपरिषद बैठकले दाङ राजधानी र नाम लुम्बिनी नामकारण गर्ने प्रस्ताव पारित गरे लगत्तै बुटवलमा विरोध प्रदर्शन सुरू भएको हो ।

 

प्रदेश ५ सरकारले राप्ती, गढवा र  अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेशको स्थायी राजधानी भालुवाङ बजारलाई बनाउने निर्णय गरेलगत्तै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको हो। नेविसंघले टायर बालेर, गाडी तोडफोड गरेर विरोध जनाएको छ। यति बेला बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको हो। कर्फ्यू लगाएर भए पनि प्रदेश राजधानी घोषणा गर्ने तयारीमा सरकार रहेको स्रोतको दाबी छ।