• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

तुलसीपुर उपमहानगरपालिमा थप ३ कोरोना संक्रमित



असोज १४  गते बुधबार तुलसीपुर उपमहानगरपालिका थप ३ जनामा कोरोना संक्रमणको पुष्टि भए संगै तुलसीपुरमा कोरोना संक्रमितको संख्या २२८ पुगेको छ । संक्रमित हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ३७ बर्षीय पुरुष , वडा नं. ७ का ३४ बर्षीय पुरुष र वडा नं. १२ का २८ बर्षीय पुरुष रहेका छन्न ।

कोभिड १९ का फोकल प्रसन बिमल केसीका अनुसार कोरोना पुष्टि भएका व्यक्तिहरु समुदाय स्तरका रहेका छन्न । ३ जना मध्य  वडा नं. ६ र ७ का पुरुषको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गर्दा संक्रमणको पुष्टि भएको हो भने वडा नं. १२ का संक्रमितको चाहिं काठमाडौँमा कोरोना पुष्टि भएको हो ।