• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

साझा यातायातले लामो दुरीको सेवा दिने



सामाजिक दुरी कायम गरेर असोज ७ गते बाट साझा यातायातका गाडी लामो दुरीका लागी चल्ने भएका छन्। बुटवल–भैरहवा–सुनौली र काठमाडौँ–पोखरा–कुस्मा–बागलुङ रुटमा साझा यातायात ले सेवा दिने भएको छ । असोज ७ गते साझ ७ बजे बाग्लुङको र सवा ७ बजे सुनौलीको गाडी हरिहर भवन–नयाँ बसपार्क हुँदै छुट्ने छन्न ।

नेपाल सरकारले तोकेअनुसार साझाको टिकटमा पनि भाडा ५० प्रतिशत अधिक हुनेछ। यात्रुले ई–सेवाको प्रयोग गरी वा साझाको कार्यालय हरिहर भवन, नयाँ बसपार्कमा गई टिकट खरिद गर्न सक्ने छन्न ।