
असोज ६ , काठमाडौं । सुनको मूल्य मंगलबार प्रतितोला १७ सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य ९५ हजार पाँच सय रुपैयाँ तोकेको छ । सुनको मूल्य घटेको भएपनी चाँदीको मूल्य भने बढेको व्यासायीहरुले जानकारी दिए । मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर, १३ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।