
लकडाउनको कारण बन्द भएको दाङको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट सोमबारदेखि सञ्चालनमा आउने भएको छ ।
पहिलो चारणमा हप्तामा तीनचार दिन मात्रै उडान भर्ने गरी एयरपोर्ट सञ्चालनमा आउने भएको छ । आवसेक्ता अनुसार यात्रुहरूको सङ्ख्यामा वृद्धि भए उडान थप्ने सकिने नेपाल एयरलाइन्सका तुलसीपुर प्रमुख निमकान्त लम्सालले जानकारी दिए ।
१३ सिट क्षमता भएको जहाजमा सबै सिटमा यात्रु राखेर उडान भरिने एयरपोर्टको तयारी छ । तुलसीपुर देखी काठमाडौँ सम्मको भाडा ५ हजार ७ सय ७० तोकिएको छ । त्यसैगरी काठमाडौँ देखी दाङ्ग सम्मको भाडा ५ हजार ९ सय ६० तोकिएको छ ।